Putali ko Ghar - पुतलीको घर

Putali ko Ghar - पुतलीको घर Author: Pushpa Basnet Genre: Fiction

एउटी युवतीले पाएको असफलता र त्यहाँबाट उम्कन उनको हृदयले तय गरेको बाटोको कथा यो हो । अनि कथा हो, अँध्यारोबाट उज्यालोतिरको यात्राको, प्रेमको र करूणाको । सीएनएन हिरो र पछि सुपरहिरो समेत भएर संसारमाझ आफ्नो करूणाले चिनिएकी पुष्पा बस्नेत को हुन् ? चिनिनु अघिको उनको जीवन कस्तो थियो ? कसरी उनी कुनै गल्ती नहुँदा पनि जेलमा पुगेका बालबालिकाका लागि स्वतन्त्रताकी देवी बनेर अवतरित हुन पुगिन् ? कसरी अरूको दुःख हटाउन खोज्दा उनको आफ्नै दुःख हट्यो र उनले बुझिन् जीवनको अर्थ ?

'पुतलीको घर' ले एउटा सामान्य युवतीले अप्रचलित बाटोबाट हिँडेर बनाएको एक असामान्य संसारमा हामीलाई विचरण गराइदिन्छ । पुस्तक पल्टाउँदै जाँदा जीवनप्रतिको आशा र भरोसा ज्यादा मुखरित हुँदै जान्छ । परिणामतः पाठकको हृदयमा उत्साहको सञ्चार स्वतः भएर आउँछ । निराशाले चारैतिरबाट घेर्दै लगेको यो आत्मकेन्द्रित आधुनिक समयमा परार्थ हितको बाटोमा हिँड्दा हुने मोक्षदायी लाभको स्वाद पुस्तकले हरेक पाठकलाई गराउँछ । यही नै यस पुस्तकको शक्ति हो । ।

पुस्तकबाट आउने रोयल्टी पुतलीघरका बालबालिकाको पढाइमा खर्च गरिने छ।